२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाभित्रै ४९ वन्यजन्तुको मृत्यु

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित ( साल अघि) ६१३ पाठक संख्या

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष २०७९/८० को चार महिनामा ४९ वटा वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुने जनावरहरुमध्ये सबैभन्दा धेरै २८ वटा चित्तल रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

जसमध्ये १७ वटा कुकुरको आक्रमणबाट र सडक दुर्घटनामा र दलदलमा परेर एकरएक वटा चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा दुर्लभ एकसिंगे गैँडा मेरका छन् । एउटा गैँडा प्राकृतिक उमेर पुगेर, विरामी भएर, बाघको आक्रमणबाट आदी कारणबाट र एउटा विद्युतीय करेन्ट लागेर मृत्यु भएको निकुञ्जले जनाएको छ । त्यस्तैगरि एउटा सरकारी घरवालुवा र एउटा निजि हात्ती गरी दुईवटा हात्तीको पनि प्राकृतिक कारणले नै मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।

प्राकृतिक कारणले मृत्यु हुने जनावरहरुमा तीन वटा अर्ना, एउटा चितुवा, तीनवटा गौँरीगाई, दुईवटा कछुवा, एउटा लगुना र तीन वटा घडियाल गोही रहेको तिवारीले जानकारी दिए । त्यस्तै एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट गरी दुईवटा जरायोको पनि मृत्यु भएको छ । एउटा बँदेलको मृत्युको भने कुनै कारण नखुलेको निकुञ्ज बताउँछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस