कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मुल समस्या रहेको भ्रष्टाचार निर्मुल पार्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
पुर्वी नवलपरासीको कावावासोतीमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिले सम्मका भष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कार्वाहीको दायरामा ल्याउने दाबी गर्नु भएको हो
आफु र आफ्नो पार्टीले चुनाव जित्ने निश्चित भएपछि ठुला भनिएका दल आफुलाई झुटो मुद्दा र भौतिक आक्रमणमा उत्रिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको जनलहरले मतदाताले परिवर्तन खोजको महसुस भएको बताउनु भएको हो । ‘एक पटक हामीलाई विश्वास गरेर भोट दिनुस, हामी तपाईको विश्वास गुम्न दिने छैनौ ।’लामिछानेले भन्नुभयो,‘अहिलेको चुनावले तपाईको सन्तानको भविष्य कोर्नेछ । ’