२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

विकासका लागि गठबन्धनलाई जिताउन आवश्यकः मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित ( साल अघि) ५३१ पाठक संख्या

मध्यविन्दु । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले अब विकासका लागि अहिलेका वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन्।

नवलपुरको मध्यविन्दु ३ ईटौंरामा गठबन्धनद्वारा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न पुुगेका मुख्यमन्त्री नेपालीले जिल्लाबाट मात्र नभई गण्डकी प्रदेश र देश विकासका लागि गठबन्धनलाई जिताउनुु पर्ने आवश्यक रहेको बताए ।

IMG 20221116 WA0019

०७४ सालपछि देशले दुुई तिहाई नजिकको सरकार पाए पनि देशमा सोचेजस्तो विकास हुन नसकेको भन्दै मुख्यमन्त्री नेपालीले केही गर्नकै लागि गठबन्धन निर्माण भएको र अब नवलपुरवासीले गठबन्धनलाई जिताउन पर्ने आग्रह गरे । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले चुनावी कार्यक्रम तीब्र पारेको छ।

FB_IMG_1668639099146

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति चन्द्र बहादुर राना , प्रदेश सभा “क” का उम्मेदवार सोम सिर्पाली, कोल्हुवा खानेपानीका अध्यक्ष श्रीधर शर्मा , बद्री नेपाल , काशीराम पाठक, राजकुमार महतो , सुस्मा खनाल लगायतका नेताले मन्तव्य राख्नुभएको थियो ।
IMG 20221116 WA0022
त्यस्तै सुभाष नेपालको सभापतीत्व सम्पन्न भएको कार्यक्रममा मुख्यमन्त्री कृष्ण चन्द नेपालीलाई दोसल्ला ओडाएर सम्मान सहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु साझा उम्मेदवार सहितको टोली कार्यक्रममा उपस्थित रहेको थियो  ।

IMG 20221116 WA0039

IMG 20221116 WA0026

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस