कावासोती । नवलपुर क्षेत्र नं २ को मध्यविन्दु नगरपालिका १४ मा मौन अवधिमा मतदातालाई प्रभावित पार्नका लागि बाडन लैजादै गरेको मदिरा र खाद्यान्न सहित प्रहरीले वडा सदस्य देविराम मगरलाई पक्राउ गरेको छ ।
मगरलाई लु १ ज ४५४८ र लु १ ज १२६३ नम्बरको पिकअप गाडीबाट केही थान चुनाव प्रचार सामग्री र ५ कार्टुन मदिरा र खाद्यान्न सहित मध्यविन्दु १४ लेडाहाबाट पक्राउ गरिएको स्रोतले जानकारी गारायो ।
पक्राउ परेका मगर गत स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित वडा सदस्य हुन ।