२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मतदान केन्द्र निर्माण तयारी पूरा

२०७९ मंसिर ३, शनिबार प्रकाशित ( साल अघि) ६८० पाठक संख्या

कोल्हुवा  – भोलि अर्थात मंसिर ४ गतेको निर्वाचनका लागि मतदान स्थलमा पुुगेका कर्मचारीले मतदान केन्द्र निर्माण पूरा भएको छ ।

मतदान कार्यलाई कसरी सहज र व्यवस्थित बनाउने भन्नका लागि खटिएका कर्मचारीले मतदान स्थलमा केन्द्र निर्माण गरेका हुन्।

मध्यविन्दु २ को कुमारवर्ती माध्यमिक विद्यालयमा खटिएका मतदान अधिकृत होमनाथ शर्माले केन्द्र निर्माण सम्पन्न भएको बताउनुभयो।

FB_IMG_1668870984577

मतदान केन्द्रलाई घेराबार गर्ने, मतदातालाई पंक्तिबद्ध भएर बस्न डोरी लगाउने, मतदान गर्न जाने र निस्कने बाटो निर्माण गर्ने, अस्थायी शौचालय निर्माण र पिउने पानीको समेत व्यवस्था गरिएको छ।

त्यसैगरी, गोप्य मतदानका लागि कोठा निर्माण, मतपेटिका राख्ने स्थानसमेत तयार गरिएको छ। मतदानका लागि सबै कार्य पूरा भएको भन्दै सर्वदलीय बैठकसमेत बसालेको उनले बताए ।

FB_IMG_1668860358999

मुख्य निर्वाचन अधिकृत प्रमुख लालप्रसाद भुसालले जिल्लाका सम्पूर्ण मतदान स्थलका मतदान केन्द्र निर्माण गर्ने कार्य पूरा भएको बताए।

नवलपुरका १ सय १३ वटै मतदान स्थलमा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न खटिएका केन्द्र प्रमुख सहित कर्मचारीले स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र उम्मेदवारका प्रतिनिधिसँग राय,सल्लाह सुझाव संकलन गर्दै मतदान स्थलको बातावरण मर्यादित बनाउने उदेश्य सहित आचार संहिता निर्माणका कार्यहरु गरेका निर्वाचन कार्यालय नवलपुरका लालप्रसाद भुसालले बताउनुभयो ।

FB_IMG_1668859918265

निर्वाचनका लागि खटिएका कर्मचारीले आफ्नो जिम्मेवारीको काम पूरा गरिरहेको जानकारी दिँदै मतदान कार्यको अन्तिम तयारीमा कर्मचारी लागेको उनले बताए।

मतदान स्थललाई अपांगता, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी गर्भवतीमैत्री मतदान केन्द्र निर्माण कार्यलाई विशेष प्राथमिकता दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Received_795480048215133

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस