२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीमा सोमबार मतदान हुने 

२०७९ मंसिर ४, आईतबार प्रकाशित ( साल अघि) ४४० पाठक संख्या

नारायण शर्मा

कावासोती  — पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ४ मा मतपेटिका जलाइपछि अवरुद्ध निर्वाचन भोलि सोमबार नै हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेलले आज अवरुद्ध भएको त्यो वडामा सोमबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिए ।

स्थानीय नारायण भण्डारीले शान्ति सिर्जना आधारभुत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनस् निर्वाचन हुने भएको हो ।

त्यहाँका निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिए ।

गौतमका अनुसार मतपेटिका जलाउने भण्डारीले अन्य ३ वटा मतपत्र खसालेपछि अन्तिम मतपेटिकामा बडिलोसन ९शरिरमा दल्ने औषधि० हालेर आगजनी गरेका हुन् ।

९ सय ८० मतदाता रहेको त्यो निर्वाचन केन्द्रमा ७ सय मत खसेको थियो । आगजनीपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस