कवासोती । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत नवलपुरमा ६६ दशमलब ४९ प्रतिशत मत खसेको छ । जिल्लाभर कुल २ लाख ६० हजार ४६१ मतदाता रहेका थिए। योसँगै मतपेटिका संकलन सुरु भएको छ ।
जिल्लामा ६६.४९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले बताए । महिला ९६ हजार ६८० , पुरुष ७६ हजार ५०० र अन्य १ गरि कुल १ लाख ७३ हजार १८१ मत खसेको हो ।
नवलपुरमा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । १ सय १३ मतदान स्थलमा रहेका ३ सय २ मतदान केन्द्र छन् । भुसालका अनुसार सबै मतपेटिका आएपछि मतगणना सुरु हुनेछ ।
जिल्लाको मतदान सामान्य हिसावमा सकिएको उनले बताए । देवचुलीको एक मतदान केन्द्रमा मतदाताले मतपेटिका जलाइपछि अवरुद्ध निर्वाचन भने भोलि सोमबार नै हुने भएको छ । यसबाहेक अरु अप्रिय घटना नभएको उनले बताए । मतगणना भने कुमारवर्ती बहुमुखी क्याम्पसमा हुनेछ।