२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीमा स्थगित भएको मतदान प्रकृया सुरू

२०७९ मंसिर ५, सोमबार प्रकाशित ( साल अघि) ४८४ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको देवचुलीमा सोमबार बिहान ७ बजदेखि मतदान सुरु भएको छ । देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द गरिएको थियो ।

कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो । मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

सोमबार बिहान १० बजेदेखि पूर्वी नवलपरासी क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको मतगणना हुने छ । क्षेत्र नम्बर १ को मतगणना देवचुलीको मतदान सकिएको २ घण्टाभित्र गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

मतगणना हुने सदरमुकाम कावासोतीस्थित कुमारवर्ती क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस