नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट भारी मतान्तरले बिजयी बनेका नेपाली काङ्ग्रेसका नेता बिनोद चौधरीलाई ५१ किलोकोसयपत्रि मालाले अभिनन्दन गरिएको छ ।
बिजय र्याली सहित कार्यकर्ताहरुसंग हिडेका नेता बिनोद चौधरी र प्रदेश सभा सदस्य देवकरण कलवार सन्तुलाई नेपाल विद्यार्थी संघका सयोजक अनोज यादवद्धारा प्रतापपुरको सुर्यपुरामा ५१ किलोको माला लगाएर बिजयको शुभकामना दिएका हुन ।
चौधरीसंग नवनिर्वाचित प्रदेश सभा सदस्य देवकरण कलवार, केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल समेत बिजययात्रामा सहभागी बनेका छन ।