२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको उपाध्यक्षमा सुभाष नेपाल, सचीवमा सरस्वती पन्थी मनोनित

२०७९ मंसिर १२, सोमबार प्रकाशित ( साल अघि) ८९३ पाठक संख्या

कावासोती  । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो कार्य समिति र लेखा समितिको संख्या सानो बनाएको छ ।

खानेपानी संस्थाले गत कात्तिक १६ गतेको साधारण सभाको निर्णयले उक्त कार्य समितिको पद हेरफेर गरी केही व्यक्तिलाई नयाँ पदमा मनोनीत गरिएको हो ।

साधारणसभाले अध्यक्षमा श्रीधर शर्मा ,उपाध्यक्षमा सुभाष चन्द नेपाल ,सचीवमा सरस्वती पन्थी ,कोषाध्यक्षमा हिरा देबी महतो र सदस्यहरुमा अग्निधर पाठक ,तारा बोहरा ,भरत श्रेष्ठ ,धनसिन्ह बोहरा ,पार्बती पोख्रेल ,सावित्री पुरी ,सुर्य काफ्ले भएका छन् ।

यसअघि भने सुभाष नेपाल सहसचिव र सरस्वती पन्थी लेखा समितीमा रहेर काम गरेका थिए ।

त्यस्तै, लेखा समितिमा भने संयोजक नेत्र प्रसाद भन्डारी ,सदस्य मीन बहादुर थापा ,सदस्य कुल बहादुर महतो रहेका हुन । यसअघि भने २४ जनाको कार्यसमिति सहित लेखा समिती रहेका थिए । भने त्यसलाई घटाएर अहिले १४ जनाको लेखा समिती सहित कार्यसमिति भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस