२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी बेसहारा बृद्धबृद्धाको लागि सहारा बन्दै

२०७९ पौष ११, सोमबार प्रकाशित ( साल अघि) ७५४ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी सस्थाले मध्यविन्दु नगरपालिका वडा नं १,२ र ३ का बेसहारा बृद्धबृद्धाको सहारा बन्दै खानेपानी महसुल भुक्तानी गरिदिने भएको छ ।

कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आम उपभोक्ता र सर्बसाधारणको जनचाहना र जनगुनासोलाई मध्यनजर गदै ९औ साधारण सभाले केही महत्त्वपूर्ण निर्णयहरु गरेको संस्थाका अध्यक्ष श्रीधर शर्माले बताउनुभएको छ ।

त्यसैगरी बैठकले “बेसाहारासँग खानेपानी” भने नारालाई सफल बनाई संस्थाको सेवा क्षेत्रभित्रका सबै बेसहारा बृद्धबृद्धालाई खानेपानी सर्वसुलभ तरीकाले उनीहरुको पहुंचमा रहनेगरी विस्तार गर्ने निर्णय गरेको बताईएको छ ।

संस्थाले छोराछोरी कोही पनि हेरचाह गर्ने व्यक्ति नभएका धारा जडान गरेका बेसहारा बृद्धबृद्धाले खपत गरेको मासिक ३ हजार लिटर पानीको महशुल संस्थाले नै भुक्तान गरीदिने संस्थाका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष शर्माका अनुसार ३ युनिट ( ३००० लि.) सम्म बेसहारा बृद्धबृद्धासङ्ग “बेसाहारासँग खानेपानी” कार्यक्रम आगामी दिनमा ५ युनिट ( ५००० लि.) पुर्याउने उद्देश्य राखिएको छ । भने यसैबर्ष एकल महिला र बिपन्न बर्गलाई १०० धारा निशुल्क वितरण गर्ने कार्य अगाडि बढाइएको छ ।

प्रत्येक वडाबाट ३०/३० जनाको दरले बेसहारा बृद्धबृद्धाको पहिचान खुल्ने गरी यही पौष मसान्तसम्म नामावली माग गरिएको कोल्हुवा खानेपानी संस्थाले जनाएको छ । संस्थाले नामावली संकलनको लागि आ-आफ्नो छरछिमेक टोल सम्बन्धित वार्डहरुमा समेत सहयोग र समन्वयको लागि अनुरोध समेत गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस