गैँडाकोट । नवलपरासी प्रहरीले भारतबाट अवैधरुपमा ल्याउदै गरेको अवैध चौपाया (भैसीरपाडा) नियन्त्रणमा लिएको छ ।
खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा पशुजन्य चौपायाहरु भित्राउने गरेको भन्ने बिशेष सूचनाको आधारमा पाँचवटा भैसी र ६ वटा पाडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का डिएसपी भोजराज पाण्डेयका अनुसार प्रतापपुर गाउँपालिका वडा नं.४ हरपुराबाट प्रहरीको टोलिले अवैध चौपाया नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका चौपायाहरुको मूल्य ४ लाख बराबरको रहेको प्रहरीको अनुमान छ ।
चौपाया ल्याउने जिल्ला महाराजगंज भारत ग्राम झुल्निपुर बस्नेसुन्दर पाल र जिल्ला महाराजगंज भारत ग्राम रामचन्द्रही बस्ने मकरुदिन अनसरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको छ ।