कावासोती । नवलपुरको कावासोती नगरपालिकामा रहेको दुई सामुदायिक वनमा वन्यजन्तुको लागि ताल निर्माण गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको लामिचौर उपभोक्ता समितिले आफ्नो कार्य क्षेत्र भित्र रहेका दुईवटा सामुदायिक वन भित्र दुईवटा तालको निर्माण गरेको छ ।
नमुना सामुदायिक वन र कृष्णसार मध्यवर्ती सामुदायिक वन भित्र बन्यजन्तुको आहाल खेल्ने पानी खान मिल्ने गरि ताल निर्माण गरिरहेको समितिका सचिव एलएन दवाडीले बताउनु भएको छ ।
वन क्षेत्र भित्र निर्माण हुने यस्ता ताल तथा सिमसारबाट बन्यजन्तु खेल्ने र मानव बस्तीमा आउने सम्भावना कम हुने समेत दवाडीले बताउनुभयो ।