कोल्हुवा । नवलपुरको मध्यविन्दुका विभिन्न विद्यालयमा ‘स्कुल स्कुलमा विकु’ कार्यक्रम सुरु भएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन ‘स्कुल स्कुल विकु’ कार्यक्रम सुरु गरिएको हो ।
संस्थाले स्कुल स्कुलमा विकू कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आज कुमारबर्ति माध्यमिक विद्यालय कोल्हुवामा सम्पन्न गरेको छ ।
विद्यालयका प्रधानध्यापक जनक कुमार के.सि अध्यक्षतामा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि विकुका क्षेत्रिय प्रमुख भोज बहादुर गुरैले उपलब्ध भएका निक्षेप खाताका प्रकारहरू, व्याजदर, लगानीकर्तालाइ प्रदान गरिने लाभांश, कर्जाका प्रकारहरू,जानकारी दिनुका साथै बचत तथा समग्र प्रविधि साक्षरता क्षेत्रको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कक्षा ७, ८,र ९ का विद्यार्थीहरुको सहभागिता रहेका थिए । कार्यक्रममा संस्थाका चोरमारा सेवा केन्द्रका प्रमुख भिम बहादुर थनेतले स्वागत मन्तव्य राख्नु भएको थियोे । साथै कार्यक्रम संन्चालन भने नवलुम्बिनि सेवा केन्द्रका प्रमुख राज कुमार थनेतले गर्नु भएको हो ।
कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक जनक कुमार के.सि.लगायत शिक्षक, विद्यार्थी, साथै संस्थाका कर्मचारीहरुको उपस्थिति थियो। सहकारी अभियानलाई टेवा पुर्याउने उदेश्यका साथ विकुले सहकारी अभियानमा ए.टि.एम. सेवा शुभारम्भ गर्नु ,सदस्य स्वास्थ बिमा कार्यक्रमको संचालन ,सदस्य सर्बेक्षण एबं बहुआयामिक गरीबी मापन ,संस्थाको प्रभाव बिश्लेषण ,बित्तिय साक्षरता सम्बन्धि कक्षाहरु संचालन , स्कुल स्कुलमा विकु ,युवा संग विकु ,जेष्ठ सदस्यका लागी आफ्नै सहाराको लठ्ठी विकुले उपलब्ध गराउदै आएको छ ।