विष्णुप्रसाद गौडेल
मध्यविन्दु । गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रिय अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्राविधिक शिक्षाको महत्त्व गाउँगाउँमा पुर्याउन आवश्यक रहेको बताउनु भएको छ । हुप्सेकोट प्राविधिक शिक्षालयको प्रथम शिक्षालय सभा उद्घाटन गर्नु हुदै अध्यक्ष पाण्डेले प्राविधिक शिक्षा प्रति गाउँमा अझै आकर्ष बढ्न नसकेको बताउनु भएको हो ।
स्थानिय सरकार,प्रदेश सरकार र संघ सरकारकै प्राथमिकता प्राविधिक शिक्षामा देखिए पनि अपेक्षाकृत रुपमा प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थिाको आकर्षण नदेखिएको उहाँले बताउनु भयो । सिटिइभिटी र हुप्सेकोट गाउँपालिको साझेदारिमा संचालित हुप्सेकोट प्राविधिक शिक्षालयमा स्थानिय विधार्थिको सहभागिता बढाउदै आगामि कार्यक्रम सञ्चालन गर्न पनि अध्यक्ष पाण्डेले सुझाव दिनु भयो । साथै अध्यक्ष पाण्डेले हुप्सेकोट प्राविधिक शिक्षालयलाई सिटिइभिटीको आंगिक वहुप्राविधिक शिक्षालय बनाएरै छाड्ने प्रातिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
आवश्यक भौतिक निर्माण लगाएतका कार्यहरु सम्पन्न गरेर आंगिक वहुप्राविधिक शिक्षालय स्थापनाका लागि अभियान सञ्चालन गरिने र जसरी पनि पुरा गरि छाड्ने लक्ष रहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९सिटिइभिटी० गण्डकी प्रदेश प्रमुख प्रमोद भक्त आचार्यले गण्डकी प्रदेशमा सञ्चालित प्राविधिक शिक्षालयहरु मध्य हुप्सेकोट प्राविधिक शिक्षालय उत्कृष्ट रहेको बताउनु भयो ।
स्थापनाको छोटो समयमानै शैक्षिक गतिविधिहरुलाई व्यवस्थित गर्दै लैजान शिक्षालय सफल भएकोमा उहाँले बधाई समेत व्यक्त गर्नु भएको थियो । स्थानीय आवश्यकता र स्रोतलाई आधार मानेर थप प्राविधिक कक्षाहरु सञ्चालन गर्न पनि आचार्यले शिक्षालयलाई सुझाव दिनु भएको थियो । सिटिइभिटीद्धारा सञ्चालित परिक्षाहरुको नतिजा परिक्षा सम्पन्न भएको ९० दिन भित्र प्रकाशन गर्ने प्रतिवद्धा व्यक्त गर्दै उहाँले शैक्षिक गतिविधिलाई व्यवस्थित बनाइने बताउनु भयो ।
शिक्षालय सभाको उद्घाटन कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल नवलपुरका प्रमुख डा।ऋषभ गुरागाईले प्राविधिक शिक्षाको महत्तो दिन प्रतिदिन बढदो रहेको बताउनु भयो । गाउँगाउँमा पशु र कृषि प्राविधिको आवश्यता बढ्दो रहेकाले अध्ययन पछिको रोजगारी अन्य संकाय भन्दा राम्रो रहेको उहाँको भनाई छ ।
शिक्षालय सभाको उद्घाटन कार्यक्रममा हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पुर्ण सिं राना, आधिखोला बहुप्राविधिक शिक्षालयका प्रमुख शरद कोइराला, लमजुङ ग्रामिण तालिम केन्द्र प्रमुख टिकाराम तिमिल्सेना, हुप्सेकोट प्राविधिक शिक्षालय व्यवस्थापन समिति अध्यक्ष लगाएतकाले शुभकामना मनतव्य राख्नु भएको थियो ।
२०७७ सालमा असोज २० गते अनुमति प्राप्त गरि सञ्चालनमा रहेको हुप्सेकोट प्राविधिक शिक्षालयको आफ्नै भवन निर्माण कार्य जारी रहेको शिक्षालय प्रमुख लालचन्द्र लामिछानेले बताउनु भयो । शिक्षालयमा हाल तीन वर्षे वाली विज्ञान र तीन वर्षे पशु विज्ञानका कक्षामा एक सय ७२ जना विधार्थीहरु अध्ययनरत रहेको शिक्षालय प्रमुख लामिछानेले जानकारी दिनु भयो ।