२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

२०७९ फागुन ११, बिहिबार प्रकाशित ( साल अघि) ९५६४ पाठक संख्या

नवलपुर । ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षीय बुबालाई विनयी त्रिवेणी गाउँपालिकाबाट फागुन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बुबाले ०७९ माघ ११ गते बलात्कार गरेको भन्दै फागुन ९ गते बालिकाको आमाले इलाका प्रहरी कार्यालय दुम्कीबासमा मौखिक उजुरी दिनु भएको थियो ।

उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको डिएसपी सन्तोष पाठकले बताउनुभयो । आरोपित विरूद्ध फागुन १० गते नवलपुर जिल्ला अदालतमा म्याद थप गरेर थप अनुसन्धान गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

पीडित बालिकाको बुबा र आमा छुट्टिएपछि बालिका बुबा संग बस्दै आएकी थिइन् । बालिकालाई तिन वर्ष अगाडी बाट बुबाले शारिरिक तथा मानसिक यातना दिदै आएको र माघ ११ गते बलात्कार गरेपछि पीडित बालिका मामाको घरमा गई बस्दै आएकी थिइन् ।

बालिकाले घटनाको बारेमा जानकारी गराएपछि फागुन ९ गते बालिकाको परिवारका अन्य सदस्यले प्रहरीमा मौखिक उजुरी दिएका हुन् । प्रहरीले मौखिक उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ९ गते मध्यविन्दु जिल्ला अस्पतालमा भएको छ ।

#ईन्सेक अनलाईनबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२६%६%१४%२%३५%७३%

प्रतिक्रिया दिनुहोस