२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु गोल्डकप फुटबल प्रतियोगिता आज देखी सुरु

२०७९ फागुन १२, शुक्रबार प्रकाशित ( साल अघि) ९१३ पाठक संख्या

कोल्हुवा । मध्यविन्दुम गोल्डकप फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । नगर खेलकुद बिकास समितिको आयोजनामा वडा स्तरीय मध्यविन्दु गोल्डकप फुटवल प्रतियोगिता २०७९ शुरु भएको  हो ।

प्रतियोगितको नगर प्रमुख भिमलाल अधिकारीले आज शुक्रबार खेलको समुद्घाटन गर्नुभयो । नगर प्रमुख अधिकारीले सहभागी सबै वडाका खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शनीको लागी शुभकामना समेत व्यक्त गर्नुभएको थियो । ” राष्ट्रको लगी खेलकुद, स्वास्थ्यको लागी खेलकुद, समृद्ध मध्यबिन्दुको लागी खेलकुद ” भन्ने नारा सहित मध्यबिन्दु नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिता सुरु गरेको हो ।

प्रतियोगिता १२ गते देखि १७ गते सम्म चल्ने आयोजकले बताईएका छन । त्यसैगरी आज पहिलो खेल मध्यविन्दु – ७ र मध्यविन्दु – ९  वडाको बिच चलिरहेको छ । चोरमारा स्थित नवजागरण माध्यमिक विद्यालयको रंगशालामा चलिरहेको वडास्तरिय प्रतियोगितामा आजमात्रै ६ वटा टिम बीच प्रतिस्पर्धा हुनेछ ।

FB_IMG_1677222615279

प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ५० हजार , मेडल , प्रमाणपत्र र ट्रफी , द्वीतिय पुरस्कार नगद रु ३० हजार,मेडल , प्रमाणपत्र र ट्रफी त्यस्तै तेस्रो एवं सान्तोना पुरस्कार नगद रु १० हजार ,मेडल , प्रमाणपत्र र ट्रफी हुनेछ ।

प्रतियोगितामा १५ टिमले सहभागीता जनाउने छन् । त्यस्तै उत्कृष्ट पाँच खेलाडीलाई नगद , मेडल र प्रमाणपत्रबाट सम्मानित गरिने आयोजकले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस