२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

चोरमारामा मध्यविन्दु महोत्सवको तयारी तिब्र

२०७९ फागुन १३, शनिबार प्रकाशित ( साल अघि) ८६० पाठक संख्या

चोरमारा । प्रथम मध्यविन्दु कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०७९ को तयारी तिब्र पारिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दु कार्यसमितिको आयोजना तथा चोरमारा युवा क्लव र लोहासेधारा युवा क्लवको सह–आयोजनामा हुने महोत्सवको महोत्सव स्थलमा अहिले स्टल तथा विभिन्न निर्माणको काम तिव्रताका साथ अगाडी बढेको छ ।

महोत्सवमा रहेने १०० वटा स्टलको लागि स्टल निर्माणको काम अहिले महोत्सव हुने स्थानमा अहिले भइरहेको छ भने महोत्सव स्थलमा मध्यविन्दु नगरपालिका भित्र बसोबास गर्ने विभिन्न जातजातिको स्थानीय पहिचान झल्काउने घरको निर्माणको काम संगै अगाडी बढेको आयोजक संस्थाका अध्यक्ष देवलाल काफ्लेले बताउनुभयो । महोत्सवमा मगर, थारु, कुमाल लगायको जातजातिहरुको पहिचान झल्काउने घर सहित उनिहरुको मौलिक खानाका परिकारहरु समेत उपलब्ध हुनेछ ।

महोत्सवलाई सफल बनाउन बिभिन्न व्यक्ति तथा संस्थाहरुसंग समन्वय तथा पत्रचारको काम अन्तिम चरणमा पुगेको प्रवक्ता बिशालजंग थापाले बताउनुभयो । महोत्सवलाई कसरी अन्य महोत्सव भन्दा फरक र सफल बनाउन सकिन्छ भन्ने विषयमा अहिले आयोजकको ध्यानकेन्द्रीत भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय आर्थिक गतिविधिमा देखिएको मन्दिका बीच सञ्चालन हुने महोत्सवले स्थानीय बजारको व्यापारिक गतिविधिहरुमा बृद्धि गर्ने विश्वास लिएको आर्थिक समिति संयोजक दिलिप वाग्लेले बताउनुभयो । महोत्सवमा विभिन्न संघसंस्थाहरुबाट समेत सहयोग संकलनको काम भइरहेको उहाँले बताउनुभयो । महोत्सवलाई मध्यविन्दु नगरपालिकाको गहानाको रुपमा स्थापित गर्दै सबैलाई अपनत्व हुनेगरी समितिहरुको निर्माण तथा सोही अनुसारको परिचालन भइरहेको अध्यक्ष काफ्लेले बताउनुभयो ।

मध्यविन्दु महोत्सवको आकर्षकको रुपमा मध्यविन्दु नगरपालिका भित्रका स्थानीय तथा घरेलु उत्पादनहरुको पर्दशनि, विभिन्न जातजाति भाषाभाषीहरुको मौलिकता प्रस्तुत हुने घर तथा पहिरन, खानाका परिकारहरु रहेका छन् । यस्तै महोत्सवमा टिकटक प्रतियोगिता, मम्मी डान्स, डान्स आईडल सहित विभिन्न खेलकुदहरु समेत राखिएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुले यस महोत्सवबाट नयाँपनको महसुस गर्न पाउने अध्यक्ष काफ्लेले बताउनुभयो । महोत्सव फागुन १८ गते देखि २८ गते मध्यविन्दु ७ चोरमाराको नवजागरण माविको पुरानो भवन रहेको स्थानमा सञ्चालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस