कावासोती । मगर दिवसका अपसरमा आज पूर्वी नवलपरासीका सबै ८ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् ।
यहाँका गैंडाकोट, देवचुली, कावासोती नगरपालिका, बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बौदीकाली गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् । ती पालिकाले छुट्टाछुटै सूचना जारी गर्दै राष्ट्रिय मगर दिवसका अवसरमा सोमबार बिदा दिने निर्णय गरेका हुन् ।
सरकारी कार्यालय, सामाजिक संघसंस्था र शैक्षिक संस्था बिदा भएपनि बित्तिय संस्थाहरु भने खुलेका छन् । पूर्वी नगलपरासीको साढे ६ लाख जनसंख्या मध्ये मगर समुदायको संख्या २ लाखभन्दा बढी रहेको छ ।
संघीय सरकार अन्तर्गत रहेका जिल्ला प्रशासन, आन्तरिक राजश्व लगायतका कार्यालयहरु भने खुलेका छन् ।