चोरमारा,फागुन २२ । बिहीवार देखि ‘प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव संचालन भैरहेको छ ।
एक समारोहका बीच फागुन १८ गते बिहीवार उद्घाटन भएको महोत्सवमा विविध साँस्कृतिक कार्यक्रमहरु समेत भैरहेको छ ।
आज सोमबार हुने महोत्सवमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका सपना परियार, बन्धना बि.क र संन्जय देवकोटाको उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष देवलाल काफ्लेले बताउनुभयो ।
त्यस्तै चर्चित लोकदोहोरी गायक पशुपति शर्माको प्रस्तुतिसहित महोत्सवमा टिकटक प्रतियोगिता, मम्मी डान्स, डान्स आईडल सहित विविध मनोरञ्जनात्मक कार्यक्रम समेत राखिएको छ । साथै चर्चित कलाकारका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिइदै आएको संघका महासचिव विशालजंग थापाले बताउनुभयो ।
घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दु, चोरमारा युवा क्लव र लोहासेधारा युवा क्लवले संयुक्त रुपमा “मध्यविन्दु समृद्धिको मुख्य आधार, संस्कृति संरक्षण तथा पर्यटन विकासमा पुर्वाधार” भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको हो ।