२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको मुकुन्दसेन टेलिभिजनमा चोरी

२०७९ फागुन २४, बुधबार प्रकाशित ( साल अघि) १६०७ पाठक संख्या

गैंडाकोट । नवलपुरको गैंडाकोटबाट सञ्चालनमा आइरेहको मुकुन्दसेन टेलिभिजनमा आज बिहान चोरी भएको छ ।

राती २ बजेर ४२ मिनेटको समयमा अज्ञात पुरुष व्यक्ति मुल गेटबाटै तेस्रो तलामा प्रवेश गरेको सिसि क्यामेरामा कैद भएको छ । राती ३ बजेर ६ मिनेटको समयमा कार्यालयको स्टुडियोबाट २ वटा ठूलो क्यामेरा, २ वटा डिएसएलआर क्यामेरा, २ वटा ल्यापटप र एउटा हार्डडिस्क झोलामा भिरेर चोर बाहिरिएको फेला परेको हो ।

दुईवटा ठूलो क्यामेरा मध्ये एउटा सोही घरको तल भ¥याङ्क्षा र अर्को घर बाहिर फालेको अवस्थामा फेला परेको छ । अन्य सामग्री पनि चोरी भएको मुकुन्दसेन टेलिभिजनका प्रबन्ध निर्देशक असिफ गुरुङले जानकारी दिनुभयो ।

सोही कार्यालय रहेको घरको तेस्रो तलाको एक कोठामा सुतेका प्रबन्ध निर्देशक गुरुङको कोठमा बाहिरबाट चुकुल लगाएर चोरले चोरी गरेको पाईएको हो । स्थानीयले बिहान ६ बजे घरबाहिर क्यामेरा अलपत्र देखेपछि मात्र चोरी भएको पत्ता लागेको हो ।

त्यस्तै सोहि घटनाको छानविन र दोषीलाई पक्राउ गर्ने  बारेमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली सहितको टिमले जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीलाई भेटेर गम्भिरता पुर्वक अनुसन्धान गर्न समेत आग्रह गरिएको छ ।

उक्त घट्नाको अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक रीता पौडेलको नेतृत्वमा प्रहरी परिचालन गरिएको र छिटो भन्दा छिटो दोषि पक्राउ पर्ने प्रहरी उपरीक्षक तिवारीले जानकारी दिनुभएको अध्यक्ष बिरेन्द्र पराजुलीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%२%

प्रतिक्रिया दिनुहोस