२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

बुलिङटारमा हुन सकेन गाउँसभा

२०७९ फागुन २५, बिहिबार प्रकाशित ( साल अघि) ६१३ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी — गत माघमा सम्पन्न हुनुपर्ने बुलिङटार गाउँपालिकाको गाउँसभा अझै हुन सकेको छैन । पालिका अध्यक्ष र सदस्यहरुबीच बजेट बाँडफाँट र योजना छनोटमा सहमति हुन नसक्दा गाउँसभा हुन नसकेको हो ।

गत माघ १० गते र यही फागुन १९ गते गाउँसभा गर्ने प्रयास गरिए पनि बहुमत सदस्यले बहिस्कार गरेका कारण हुन नसकेको हो । माघ १० गते र फागुन १९ गते २ पटक नै गाउँसभामा गणपुरक संख्या नपुगेका कारण सभा स्थगित गर्नु परेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रले जानकारी दिए । पहिलो दुई पटकका लागि गणपुरक संख्या ५१ प्रतिशत र त्यसपछिको गाउँसभामा कम्तीमा २५ प्रतिशत उपस्थिति आवश्यक पर्छ ।

पालिका अध्यक्ष र एउटा वडा एमालेले जितेको छ भने ५ वटा वडा र उपप्रमुख नेपाली कांग्रेस विजयी भएको छ । पालिमा प्रमुख र गाउँ कार्यपालिका सदस्यहरु ९वडा अध्यक्ष, सदस्य र मनोनित समेत० बीच बजेट बाँडफाँट, योजना छनोटमा सहमति हुन नसक्दा गाउँसभा हुन नसकेको हो ।

गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले गाउँकार्यपालिकाको बैठकले ६ वटौ वडामा बजेट बाँड्ने सहमति गरेर अर्को हप्तासम्म गाउँसभा सम्पन्न गर्ने दाबी गरे । ुबोलाउने हो बोलाएकै छु । नआए के गरौं,ु पालिका अध्यक्ष दिपेन्द्र स्नारी भन्छन्, आउँदो आइतबार गाउँ कार्यपालिकाको बैठक बोलाएको छु । हेरौं के हुन्छ ।

गाउँ कार्यपालिकाको यहाँको वडा नम्बर ५ का अध्यक्ष विजय थापाले मात्र पालिका अध्यक्षलाई सहयोग गरेका छन् । उनी एमालेका हुन् । सबै नयाँ चुनिएका छन् । कार्यपालिकाका बहुमत सदस्यले गाउँपालिका अध्यक्षले एकतर्फी बजेट बाँडेको आरोप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष सुनारी भने सबै वडामा समानुपातिक बजेट बाँडफाँटका विषय टुंग्याएर सभा गर्ने योजनामा छन् । हिउँदे अधिवेशनले गत असारमा सम्पन्न बजेट सभाबाट आएको कार्यक्रम संशोधन र केही विधयेक पास गर्नु पर्नेछ । तर सहमति जुट्न नसक्दा अध्यक्षलाई कठिनाइ भएको छ ।

प्रचलित ऐनले गाउँपालिकाको गाउँसभा बोलाउने अधिकार पालिका अध्यक्षलाई तोकेको छ । तर सभा गर्न नसक्नु सकारात्मक नभएको बताउँछन् पूर्वअध्यक्ष शशीकीरण बस्ताकोटी । गाउँसभाका बारेमा सबै एक मत हुन नसक्नु राम्रो संकेत नभएको उनको भनाइ छ । साथै गाउँपालिकाका योजना मिलाएर अगाडि बढाउने दायित्व पालिका अध्यक्षकै हुने उनी बताउँछन् ।

तर यसअघि बोलाइएका दुबै गाउँसभामा सदस्यहरु आए पनि छलफल र उपस्थितिमा हस्ताक्षर गर्न नमान्दा समस्या भएको अध्यक्ष सुनारी बताउँछन् । गत असारमा गाउँपालिकाबाट ५५ करोड २० लाखको बजेट पास भएको थियो । तर हिउँदे गाउँसभाले गत बजेट अधिवेशनमा पास गरेका कार्यक्रममा संशोधन गर्न आवश्यक पर्दा पुनः संशोधनसहित पास गर्नसक्ने कानुनी व्यवस्था पूरा गर्न गाउँसभा बस्ने चलन छ ।

गाउँसभाका लागि तेस्रो पटकका लागि गणपुरक संख्या कम्तीमा २५ प्रतिशत आवश्यक पर्छ । विवादका बीच यहाँ अब कहिले गाउँसभा बोलाउने भन्ने अन्योल कायमै छ । अध्यक्ष सुनारी एमालेबाट निर्वाचित भए पनि बहुमत वडा र गाउँ कार्यपालिका सदस्यहरुमा कांग्रेसको प्रष्ट बहुमत छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस