२०८१ भाद्र २३, आईतबार
नयाँ
पछिला अपडेट

सिटिजन्स बैंक धारापानी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

२०७९ चैत्र २८, मंगलबार प्रकाशित ( साल अघि) ५८६ पाठक संख्या

कावासोती । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपुरको स्थित धारापानी शाखाले आउदै गरेको १६औं बार्षिकोत्सवलाई मध्यनजर गर्दै शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले मनकामना आधारभूत विद्यालय, देबचुलिमा विद्यालयको वार्षिक उत्सवको अवसमार सीमान्तकृत विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत सीमान्तकृत विद्यार्थीहरूलाई आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको सिटिजन्स बैंक धारापानी शाखाका प्रमुख महाराज शर्माले बताउनुभयो ।

1681187557046

शैक्षिक सामाग्री वितरणलाई विद्यार्थी र उनीहरूका परिवारहरूले राम्रोसँग स्वागत गरेका थिए । उनीहरूको सहयोगको लागि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरे । यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम हो भन्ने विश्वास बैंकले लिएको छ ।

1681187577612

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता शैक्षिक प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरनतर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट अगाडि बढाउने योजना रहेको जनाएको छ।

1681187560171
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धारापानी शाखा सहित देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम ३ वटा विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस