२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा मौलाकालिका केवलकार आजदेखि सञ्चालनमा

२०८० बैशाख १, शुक्रबार प्रकाशित ( साल अघि) ४७८ पाठक संख्या

नवलपुर । प्रसिद्ध मौलाकालिका मन्दिरमा अब केबलकारमार्फत पुग्न सकिने भएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि भोलि वैशाख १ गते अर्थात आजदेखि केबलकार सञ्चालनमा आएको हो ।

१ हजार २ सय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । यात्रु बोक्नका लागि केबलकारमा १२ वटा डब्बा छन् । त्यस्तै सामान बोक्न र सर्भिसिङका लागि १र१ वटा डब्बा राखिएको छ । एउटा डब्बामा एक पटकमा ८ जना यात्रु अटाउने क्षमता रहेको छ ।

हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न केबुलकारको गति अनुसार पाँच मिनेटदेखि ७ मिनेट लाग्ने कम्पनीले जनाएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर सुरु गर्न लागिएको केबलकार शुल्कमा सहुलियत दर कायम गरिएको छ । हाललाई दुईतर्फी यात्राको लागि ५५० रुपैयाँ र एकतर्फी यात्राको लागि ३५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

फेदीबाट २।५ किलोमिटरको पैदल यात्रामा पनि मौलाकालिका मन्दिर पुग्न सकिन्छ । ४५ मिनेटदेखि १ घण्टाको सामान्य अवस्थामा मौलाकालिका मन्दिर पुगिन्छ । मोटरसाइकल, अटो र चारपाङ्ग्रे सवारीमा पनि जंगलको बाटो भएर मौलाकालिका पुग्न सकिन्छ । केबलकारको प्रयोगले ज्येष्ठ नागरिक तथा हिँड्न असजिलो हुनेलाई राहत पुग्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस