२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका ३ जनाको मृत्यु

२०८० बैशाख ६, बुधबार प्रकाशित ( साल अघि) १७२२४ पाठक संख्या

नवलपुर ।  बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। महोत्तरीको गौशाला नगरपालिका- १ रामनगर जंगलमा (रेलवे ट्र्याक)को मोडमा दुर्घटना भएको हो। मृत्यु हुने तीनै जना एकै परिवारको रहेको प्रहरीले जनाएको छ।

सम्सीबाट बर्दिबास जाँदै गरेको बा३ख २३९६ नम्बर बस र माइस्थान चोकबाट गौशालातर्फ आउँदै गरेको मधेस प्रदेश ०१- ००४प६८१९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिका- १० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेका छन्। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवका अनुसार तीब्र गतिमा आइरहेको बस र मोटरसाइकल ठोक्किएको थियो।

गम्भीर घाइते भएका उनीहरूको बर्दिबासस्थित विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए। घटनापछि बसका चालक फरार छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३६%७%२४%१%१९८%२६%

प्रतिक्रिया दिनुहोस