२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

बुटवलबाट छुटेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १८ जना घाइते

२०८० बैशाख १०, आईतबार प्रकाशित ( साल अघि) ७७३ पाठक संख्या

बुटवल । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको छ । मृतक महिलाको परिचय खुल्न नसकेको पनि प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%५%

प्रतिक्रिया दिनुहोस