काठमाडौ । अपांगता भएका ब्यक्तिहरुलाइ अरु सरह शिक्षाको आवस्यकता रहेको काठमाडौमा भएको एक भेलामा वक्ताहरुले बताएका छन । नेपाल अपाङ्ग महिला संघको आयोजना र विश्व शिक्षाको आर्थिक सहयोगमा सप्पन्न सो भेलामा नेपाल अपाङ्ग महिला संघकि अध्यक्ष टीका दाहालले, नेपालमा पहुँच उक्त शैक्षिक स्रोतहरुको बिस्तार हुनु पर्नेमा जोड दिनु भएको थियो ।
यसैगरी प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमले, “अपाङ्गताभएका बालबालिकालाई अरु सरह कक्षा कोठामा राखेर अध्यन गराउनु को साथै नय शैक्षिक सत्रदेखि समावेशी शिक्षा गर्न संसद् मा जोड दिनेू बताउनु भयो ।
यसैगरी सन २०२२ देखि २०२३ अप्रिलसम्म लर्न परियोजना अन्तर्गत भएका गतिविधिको बारेमा नेपाल अपाङ्ग महिला महासङकि उपाध्यक्ष मिना पौडेलले जानकारी दिनु भयो । पौडेलले वाग्मती प्रदेश अन्तर्गत ४ जिल्ला काठमाडौ, ललितपुर , काभ्रे र धादिङमाका १७ स्थानीय तहहरुमा स्कुल र विद्यार्थीहरुलाइ प्रविधी युक्त शिक्षाको लागि कम्प्युटर , ट्याबलेट लगायतका आवश्यक सामाग्रीहरु बितरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा पाँचखाल नगरपालिकाका शिक्षा बिभाग , गोदावरी नगरपालिकाका बिभाग प्रतिनिधिहरुले समावेशी शिक्षाको औचित्यको बारेमा बताउनु भएको थियो ।