२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा औलो रोगका बिरामी घट्दै

२०८० बैशाख १२, मंगलबार प्रकाशित ( साल अघि) ४८१ पाठक संख्या

कावासोती । नवलपुरमा यसवर्ष ४ जना औलोरोगका बिरामी फेला परेका छन् । जुन विरामी आयातित विरामी रहेको जनस्वास्थ कार्यलयका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो ।

गत वर्ष २०७८/७९ भने जिल्लामा ६ जना औलो रोगका बिरामी फेला परेको चापागाईले जानकारी दिनुभयो । शून्य औलो अभियान चालाउदै गर्दा नवलपुरमा पनि औलोका विरामाीका संख्या क्रमीक रुपले घट्दै गएका छन् ।

जिल्लाको कावासोतिमा  १ जना ,मध्यविन्दुको १ जना, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालीकाका १, १ जना गरी जम्मा ४ जनामा संक्रमण देखिएको जनस्वास्थ कार्यायलय नवलपुरले जानकारी गराएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख चापागाईका अनुसार आयतित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो । यस बाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुल्ला सिमाना र भौगोलिक विकटता औलो निवारणको चुनौती रहेको बताउनुभयो ।

यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङक्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।

शून्य औलो अबको थालनीस नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस