२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

गृह श्रमिक नेताहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौमा सुरु

२०८० बैशाख १४, बिहिबार प्रकाशित ( साल अघि) २८४ पाठक संख्या

काठमाडौ । गृह श्रमिक नेताहरुको अन्तर्राष्ट्रिय सम्मेलन मङलवारदेखी काठमाडौमा शुरु भएको छ । होमनेट इन्टरनेशनलले आयोजना गरेको चारदिने सम्मेलनको उदघाटन कार्यक्रममा गृह श्रमिक संगठित सस्था सवा नेपालका अप्सरा डङोलले, गृह श्रमिकहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरुको प्रदर्शन गरिएको र अब नया समितिको लागि निर्वाचन गर्ने बताउनु भयो ।

यसैगरी गृह श्रमिकहरुको पहिचानको लागि अभियानरत चादनी जोशीले, नेपाल लगायत दक्षिण एशियाली मुलुकहरूमा रहेका गृह श्रमिकहरुको श्रमको मुल्यांकनको पहिचान गरि निति निर्माण गर्न जरुरी भएको बताउनु भयो ।

सम्मेलनको नारा वि आर म्यानी, विआर युनाइटेड , वि आर होमनेट इन्टरनेशनल रहेको छ । चारदिने उक्त सम्मेलनमा २९ देशका १२७ जना गृह श्रमिक अभियन्ताहरुको सहभागिता रहेको छ साथै विभिन्न देशका गृह श्रमिकहरुले उत्पादन गरेको सामाग्रीहरु प्रदर्सनको लागि राखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस