२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८० बैशाख १५, शुक्रबार प्रकाशित ( साल अघि) ३७९० पाठक संख्या

चितवन ।  भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । गए राति ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

मोटरसाइकलचालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%१%२०%४%

प्रतिक्रिया दिनुहोस