कावासोती । गुराँस लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले २३ लाखको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।
कम्पनीले एक कार्यक्रम गरी कावासोती नगरपालिका वडा न; १३, का बीमित स्व: कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई उक्त रकम भुक्तानी गरेको हो ।
कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले उनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
कम्पनीको अनुसार स्व.काफ्लेले कम्पनीमा गुराँस वार्षिक नगद फिर्ता जीवन बीमा योजना बीमा गरेका थिए ।