२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

शान्ति नमुना आधारभुत विधालयद्वारा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

२०८० बैशाख १६, शनिबार प्रकाशित ( साल अघि) ४७२ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु –  १ सेतापानीमा अभिभावकहरुलाई बालबालिकाको विकासप्रति थप सचेत गराउन शान्ति नमुना आधारभुत विधालयले अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

बालबालिकाहरुको आधारभूत समय तथा अधिकांश समय घरमा बित्ने र समय विकासका दृष्टिकोणले महत्वपूर्ण हुने भएकाले कक्षामा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका लागि शुक्रबार  अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।

बालवालिकाहरूको शारीरिक, सामाजिक, संवेगात्मक संज्ञानात्मक आदि पक्षहरूको विकास उनीहरूको अभिभावकहरूमा धेरै हदसम्म निर्भर गर्ने भएकाले अभिभावकहरुको लागि कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर विकले बताउनुभयो।

FB_IMG_1682748841566

कार्यक्रममा विशेष अथिती रहनुभएका वडाअध्यक्ष तिलकराम न्यौपानेले अभिभावकहरूले आफ्ना बच्चाहरूको चौतर्फी विकासप्रतिको सचेतता उनीहरूले बच्चाहरूलाई दिनसक्ने समय, शिक्षा, आर्थिक अवस्था, सामाजिक संस्कार आदिले पनि बच्चाहरूको चौतर्फी विकासलाई निर्धारण गर्ने बताउनुभयो ।

उहाँले भन्नुभो, ‘आमा नै बालबालिकाका प्रारम्भिक गुरु हुन् । बालबालिकाको चौतर्फी विकास अभिभावकमा निर्भर गर्छ। आमाबाबुहरू अशिक्षित हुनु, खेतीपाती र घरायसी काममा व्यस्त हुनु एउटै परिवारमा धेरै केटाकेटीहरू हुनु छोराको तुलनामा छोरीको वास्ता कम गर्ने संस्कार हुनु, कमजोर आर्थिक अवस्था हुनु आदि जस्ता कारणहरूले गर्दा बालबालिकाहरूको चौतर्फी विकासमा अभिभावकहरूले ध्यान दिन नसकिरहेको हाम्रो देशको परिवेशलाई सुधार्दै लाग्नुपर्नमा जोड दिनुभयो।

FB_IMG_1682748829549

कार्यक्रममा सहजीकरण समेत गरेका प्रधानाध्यापक दधिराम सापकोटाले आमाबाबुको अनभिज्ञता र व्यस्तताले बच्चाहरूको भावी जीवनमा समेत निश्चित रूपमा नकारात्मक असर पार्ने भएकोले अभिभावकलाई बच्चाहरूका विभिन्न पक्षहरूको विकासको महत्त्वप्रति संचेत तुल्याउनु आवश्यक रहेको बताउनुभयो ।

प्रधानाध्यापक सापकोटाले कार्यक्रममा बोल्दै अभिभावकहरूले आफ्ना बच्चाहरूको चौतर्फी विकासप्रतिको सचेत हुँदै बच्चाहरूलाई दिनसक्ने समय, शिक्षा, आर्थिक अवस्था, सामाजिक संस्कार आदिले पनि बच्चाहरूको चौतर्फी विकासलाई निर्धारणको बारेमा जानकार रहनुपर्ने सुझाउनु भएको थियोे । पछिल्लो समयमा सामाजिक सञ्जाल तथा मोबाईल फोनको अधिकतम प्रयोगका कारण बालबालिका तथा नागरिकहरुमा परिरहेको असरका बारेमा सचेत रहनुपर्ने उहाँको भनाई छ।

FB_IMG_1682749079636

त्यस्तै सोही अवसरमा स्याङ्जा पुतलीबजारबाट पदस्थापना भई आउनु भएकि शिक्षिका कोपिलादेवि अधिकारीलाई भव्य समारोह बिच फुलमाला गुच्छा र अबिर लगाएर विधालय परिवारले  स्वागत समेत गरियको थियो ।

करिब दुई सय अभिभावक सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका प्रशिक्षक डा. तुलसि प्रभास खनालले अभिभावकहरुलाई शिक्षा प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक, विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस