२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा अध्ययनरत विद्यार्थी ३ दिनदेखि बेपत्ता

२०८० बैशाख १६, शनिबार प्रकाशित ( साल अघि) २१३५ पाठक संख्या

गैंडाकोट । गैंडाकोटमा सिभिल इन्जिनियरिङ अध्ययनरत डेभिड तिमिल्सेना ३ दिनदेखि बेपत्ता भएका छन् ।

घरबाट कलेज जान भनेर हिँडेका डेभिड गत बिहीबार बिहान ५ बजेदेखि सम्पर्कविहीन भएका हुन् । हरेक दिन बिहान ६ बजे कलेज सुरु हुने भएकाले सधै उनी बिहान ५ बजे घरबाट हिँड्थे । त्यो दिन पनि बिहानै हिँडेर राति नफर्किएपछि उनको खोजी सुरु भएको हो ।

उनले प्रयोग गर्दै आएको मोबाइल समेत घरमै छोडेर हिँडेकाले खोजीमा समस्या भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर–४ शान्ति श्री टोल निवासी तिमिल्सिना गत बिहीबार बिहान घरदेखि हिँडेपछि सम्पर्कविहीन उनको परिवारजनले खोजी गरिदिन प्रहरीमा निवेदन दिएको र कुनै पत्तो नलागेको प्रहरीले जनाएको छ ।

२१ वर्षका डेभिड गैंडाकोटको अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । गैंडाकोटका प्रहरी वरिष्ठ नायब निरीक्षक मोहन थापाले ती बेपत्ता विद्यार्थीले मोबाइल समेत नलगेकाले खोज्न र लोकेसन पत्ता लगाउन समस्या भएको बताए ।

उनको फोटो र हुलियाका आधारमा सबैतिर खोजी कार्य सुरु भएको छ तर कुनै सुँइको पाइएको छैन, थापा भन्छन्, उनका साथीहरुसँग बुझ्दा ती विद्यार्थी एकान्त मनपराउने र थोरै साथीसँग संगत गर्ने स्वभावका थिए भन्ने बुझिएको छ र खोजी जारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%२३%२%

प्रतिक्रिया दिनुहोस