२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

गण्डकीमा जिसीसहित ४ मन्त्री नियुक्त, ४ बजे शपथ

२०८० बैशाख २९, शुक्रबार प्रकाशित ( साल अघि) ५९३ पाठक संख्या

पोखरा । गण्डकीमा आज मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेसँगै आजै शपथ ग्रहण गराउने तयारी गरिएको हो ।

आज ४ बजे ४ मन्त्रीको शपथ हुनेछ । माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्दैछन् भने कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्र थापा मगर मन्त्री बन्नेछन् ।

यसअघि कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादीबाट १ मन्त्री बनिसकेका छन् ।

आजै मन्त्रीहरुको कार्यजिम्मेवारी तोकिनेछ । माओवादीबाट जुग्जाली भौतिक पूर्वाधार मन्त्री बन्नेछन् भने सुशिला सिंखडा सामाजिक विकास मन्त्री बन्नेछन् । बाँकी मन्त्रालय कांग्रेसले लिने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस