२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मिटरब्याज पीडितको उजुरी न्यून

२०८० बैशाख ३०, शनिबार प्रकाशित ( साल अघि) १०७३ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीमा मिटरब्याजीहरूलाई कारबाही गर्नका लागि उजुरी गर्ने पीडितको संख्या न्यून देखिएको छ । बिहीबारसम्म जिल्ला प्रशासन कार्यालयमा एक जना पीडितले मात्र मिटरब्याजीलाई कारबाही गरिपाऊँ भनी उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका मुद्दा शाखाका नायव सुब्बा यादव पराजुलीले बताए ।

प्रशासनले मिटरब्याजमा लगाएर रकम असुली गर्ने र अनुचित लेनदेनको कागजात गराउनेविरुद्ध उजुरी गर्न सर्वसाधारणलाई आह्वान गरेको दुई साता भइसकेको छ ।

पूर्वी नवलपरासीमा राजनीतिक दलमा आबद्ध महिलाहरूले नै मिटरब्याजमा रकम लगाउने र प्रहरी प्रशासनको आडमा धम्क्याउने गरेको भन्ने गुनासो मिटरब्याजपीडितहरूले गर्दै आएका छन् । सबैभन्दा धेरै मिटरब्याजपीडितहरू कावासोती र देवचुली नगरपालिकामा रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%१%

प्रतिक्रिया दिनुहोस