२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नारायणी नदीमा डुबेर श्रीमान श्रीमतिको मृत्यु

२०८० जेष्ठ १, सोमबार प्रकाशित ( साल अघि) ३८८८ पाठक संख्या

कोल्हुवा । नवलपरासी पूर्वको नन्दपुरमा निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएको छ ।

मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटेको ज्यान गएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा उनीहरुलाई नारायणी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

हिजो बेलुका नदीले बगाएर बेपत्ता भएका दुवैको शव गए राति फेला परेको पाठकले बताए । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।

आइतबार साँझ आएको ठूलो हावाहुरीको समयमा नदी पार गर्दा डुंगा डुबेर बेपत्ता भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%४%४१%३%

प्रतिक्रिया दिनुहोस