२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

पद बहाली गर्दै सदस्य सचिव शर्माले भन्नुभयो,खेलकुद विकासलाई अघि बढाउन खेलाडीको पक्षमा लड्छु

२०८० जेष्ठ २, मंगलबार प्रकाशित ( साल अघि) ६२४ पाठक संख्या

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव श्रीधर शर्माले सोमबार पद बहाली गर्नुभएको छ । उहाँलाई प्रदेश सरकारले सो पदमा नियुक्त गरेको हो ।

एक कार्यक्रमका बीच सदस्य सचिव शर्मालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले पद बहाली गराउनुभएको थियो ।

पदभार ग्रहण गर्दै सदस्य सचिव शर्माले आफूले संधै अनुशासनमा रही खेलकुद विकासलाई अघि बढाउने र खेलाडीको पक्षमा रहेर आफ्नो कार्यकाल अर्थपूर्ण बनाउने प्रतिबद्धता जनाउनुभयो ।

समितिका सदस्य, कार्यालयका कर्मचारी र केही सञ्चारकर्मीहरुको उपस्थिति रहेको सो कार्यक्रममा सदस्य सचिव शर्माले आफ्नो कार्यकालमा कुनै गल्ती नगर्ने प्रतिवद्धता जनाउँदै उहाँले खेलकुद र परिषदको गरिमालाई बचाउन सके परिषदले ठूलो फड्को मार्ने समेत बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले सबै मिलेर नै खेलकुदको विकासलाई अघि बढाउन सकिने उल्लेख गरे । लामो समय पछि परिषदले सदस्य सचिव पाउनु सुखद रहेको बताउँदै उहाँले खेलकुदमा रहेका चुनौतीहरुलाई समाप्त गर्न सबैको एकता आवश्यक रहेको बताउनुभयो ।

मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तथा यस अघि सदस्य सचिवको रुपमा कार्यरत पौडेलले नवनियुक्त सदस्य सचिवलाई पदबहाली गराउँदै खेलकुदमा संघियताको मर्म अझै प्राप्त नरहेको बताउँदै प्रदेश खेलकुदमा रहेका चुनौतीहरु चिर्न सबैको सहयोग र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा प्रदेश खेलकुदका कार्यालय प्रमुख टोपलाल भुसालले समेत आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, तारामायाँ थापा मगर लगायत परिषदका सदस्यहरुले नवनियुक्त सदस्य सचिव शर्मालाई स्वागत व्यक्त गर्नुभयो ।

यस अघि परिषदको सदस्य सचिवको रुपमा तेज बहादुर गुरुङ कार्यरत रहेका थिए । उमेर हदका कारण गत २०७९ असोज २५ गते उनले अवकाश पाएका हुन् । सदस्य सचिवको पद चार वर्षको रहने छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस