कावासोती । नवलपरासी पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन् ।
महाराजा सामुदायिक वनमा देवचुली नगरपालिका वडा न १० का अन्दाजी ५१ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई बिहान सवा ८ बजेतिर गैंडाले आक्रमण गरेको हो । वन क्षेत्रमा बाख्रा चराउन गएका क्षेत्रीलाई गैंडाले आक्रमण गरेको थियो ।
घाइते क्षेत्रीको खुट्टा र शरीरमा चोट रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
उनको उपचार चितवन मेडिकल कलेज भरतपुरमा भएको छ । उनको अवस्था भने मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।