कोल्हुवा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले एक दिने स्थानीय जडिबुटीको पहिचान संरक्षण र प्रयोगका लागि अभिमुखिकरण कार्यक्रम सनिवार सम्पन्न गरेको हो ।
नवलपुर जिल्लाको मध्यविन्दु – १ स्थित वडा कार्यालयमा एक दिवसीय अभिमुखीकरण गरिएको वडा अध्यक्ष तिलकराम महतले बताउनुभयो ।
उक्त कार्यक्रममा वडाका स्थानीय तथा स्वयंसेवकलाई जिल्ला आयुर्वेद केन्द्रका बरिस्ठ कबिराज निरीक्षक गोकुल पराजुली , डिलराम कडेल लगायतले जडिबुटीको पहिचान संरक्षण र प्रयोग बारे प्रशिक्षण दिनुभएको थियो ।