२०८१ कार्तिक १५, बिहिबार
नयाँ
पछिला अपडेट

सल्यानमा मनाइयो वातावरण दिवस

२०८० जेष्ठ २२, सोमबार प्रकाशित ( साल अघि) ४४४ पाठक संख्या

सल्यान । “पलास्टिक जन्य प्रदुशणको समाधान” भन्ने मूल नाराका साथ जुन ५, २०२३ ९२०८० जेष्ठ २२० मा संसार भर एकै साथ वातावरण दिवस मनाइएको छ। यस अवसरमा “पलास्टिकजन्य प्रदुषण निर्मूल पारौं वातावरणमैत्री बिकल्पको उपयोग गरौं” भन्ने नाराका साथ कपुरकोट सल्यानमा पनि वातावरण दिवस मनाइएको छ ।

वनस्पति अनुसन्धान केन्द्र सल्यानको संयोजन तथा कपुरकोट सब-डिभिजन वन कार्यालय, कपुरकोट गा.पा. र कपुरकोट बजार ब्यवस्थापन समितिको सहकार्यमा कपुरकोट गा.पा. वडा नम्बर ३ का बजार क्षेत्र कपुरकोट बजार र मूलपानी क्षेत्रमा पलास्टिक जन्य फोहोरको ब्यवस्थापनका लागि सचेतना र्याली संगै सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । गाउँ पालिका अध्यक्ष दुर्गा पुन र कपुरकोट गा.पा वडा ३ का वडाध्यक्ष प्रदिप खड्काले वनस्पती अनुसन्धान केन्द्रको प्रबेशद्वार आसपासमा कपुरको बोट रोपेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

IMG_0997_copy_412x225

सरसफाइ कार्यक्रमाको सुरुवातमा वनस्पति अनुसन्धान केन्द्र प्रमुख डा. मित्र पाठकले सचेतना मन्तब्य एवं कार्यक्रमको औचित्यता पुस्टी गरेका थिए । बजार क्षेत्रबाट स्वस्स्फूर्त सहभागि भई आफ्नो पर्यावरण स्वच्छ राख्ने अभियानमा सहभागि हुन आयोजक सस्थाका कर्मचारीका अलवा स्थानिय संघ सस्था, बिद्यालय, कलेजका शिक्षक बिद्यार्थीहरु, बैंक बित्तिय सस्था, स्थानिय बुद्दिजिवी, कर्मचारीहरु, प्रहरी प्रशासन, ब्यापारी, पत्रकार र स्थानियबासीहरु सयौँको स्वस्फूर्त उलेख्य उपस्थिती थियो ।

कार्यक्रममा सहभागिहरुले “बिना हावा, माटो र पानी रहदैंन हाम्रो जिन्दगानीू, “रूख रोपौं हरियाली बढाऔूँ “पलास्टिकजन्य प्रदुशणको बिकल्प खोजौँ”, पानीको मुहान सरक्षण गरौ,  “मिचाहा वनस्पतीको खोजी खोजी ब्यवस्थापन गरौ ! “पलास्टिकजन्य प्रदुषण निर्मूल पारौंस वातावरणमैत्री बिकल्पको उपयोग गरौं, “पलास्टिकजन्य बस्तुको पुनस् प्रयोग गरौँ ” शान्त, सुखी र श्वस्थ जीवनका लागि प्रकृतिका लागि समयू, माटो र पानी असम्भव छ हाम्रो जिन्दगानी “फोहोरलाई मोहोरमा बदलौं”, “फोहोरबाट मोहोरस् मल, औषधि र ब्रिकेट बनाए हुन्छ आम्दानी जस्ता प्ले कार्डहरु बोकिएको र सोही अवसरमा मूलपानी वनस्पती उद्यान भित्र र आसपासका मिचाहा वनस्पतिहरु समेत नस्ट गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डा मित्र पाठकले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%

प्रतिक्रिया दिनुहोस