२०८१ कार्तिक १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको जनसंख्या ३ लाख ७८ हजार ७९

२०८० जेष्ठ २४, बुधबार प्रकाशित ( साल अघि) ७२८ पाठक संख्या

नवलपुर । राष्ट्रिय जनगणना २०७८ अनुसार नवलपुर जिल्लामा जनसंख्या वृद्धिदर तिव्र रुपमा बढ्दै गइरहेको छ ।

जनगणना तथ्यांक अनुसार जनसंख्या वृद्धिदर धनात्मक भएका जिल्लाहरुमा नवलपुर नवौं स्थानमा परेको छ । आउनेको संख्या बढ्दै गइरहेको छ ।

पहिलो स्थानमा भक्तपुर जिल्ला रहेको छ । जहाँको जनसंख्या वृद्धिदर ३.३५ प्रतिशत रहेको छ । चितवनको तेस्रो स्थानमा रहँदै जनसंख्या वृद्धिदर २.०७ प्रतिशत रहेको छ ।

त्यस्तै नवपुरमा जनसंख्या बृद्धिदर १.८६ प्रतिशत रहेको छ । जनगणना अनुसार जिल्लाको जनसंख्या ३ लाख ७८ हजार ७९ रहेको छ ।

२०६८ सालको गणनामा नवलपुरको जनसंख्या ३ लाख ११ हजार ६ सय ४ रहेको थियो । नवलपुर जिल्लामा विशेषगरि पछिल्लो समयमा कावासोती , गैंडाकोट नगरपालिका र अन्य केही नगरपालिकामा बसाई सराई गरि आउनेको संख्या बढ्दै गएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस