२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा विपद व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

२०८० जेष्ठ २६, शुक्रबार प्रकाशित ( साल अघि) ५६९ पाठक संख्या

कोल्हुवा । जिल्ला नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) मध्यविन्दु न.पा. वडा नं: २  कोल्हुवा स्थित स्वास्थ्य कार्यलय नवलपुरको आयोजनामा बिहीवार महामारी,आरटिआर एवम विपदजन्य घट्नामा सुरक्षाकर्मीको भुमिका सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यलय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईको अध्यक्षता सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लक्षित गर्दै प्रशिक्षण गरिएको जिल्ला स्वास्थ कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।

Received_1489548171854762

जिल्लामा हुने विपदका घटनाहरुलाई न्यूनिकरण र विपद प्रभावितका लागि गरिने उद्धार , आर्थिक , सामाजिक , पुर्वतयारी र प्रतिकार्य कसरी प्रभावकारी तरिकाले गर्न सकिन्छ  ,सुरक्षाकर्मीको भुमिका तथा दायीत्व ,भौतिक सहयोगका मापदण्ड के के छन र सरकारले यस बिषयमा लागु गरेका ऐन, नीति निर्देशिका र नियमावलीका बिषयमा बृहत प्रशिक्षण दिईएको थियो।

Received_3543338622656223

त्यस्तै प्रशिक्षण तालिममा विपद व्यवस्थापन क्षमता, विपद व्यवस्थापनको लागि गरिरेहेका कार्यहरुको तथा आगामी दिनमा विपद व्यवस्थापनको लागि कसरी प्रभावकारी काम गर्न सकिन्छ भनेर बृहत छलफल समेत गरिएको थियो।

Received_802689324851006

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी , सशस्त्र प्रहरी नायक उपरीक्षक बिनोद खतिवडा , मध्यबिन्दु जिल्ला अस्पतालका मेसु डा.जितेन्द्र कडेल, जिल्ला ट्राफिक कार्यालय प्रमुख गणेश पौडेल , स्वास्थ्य कार्यलय अधिकृत मुक्तिनाथ भट्टराई , टेक  नारायण अधिकारी , खिम बहादुर सारु लगायतका ६० जना सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस