२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

भोलिदेखि मध्यविन्दुका सबै विद्यालय बिहान ६:३० बजेदेखि सञ्चालन हुने

२०८० जेष्ठ २७, शनिबार प्रकाशित ( साल अघि) ३८०४ पाठक संख्या

चोरमारा । तराईमा अत्यधिक गर्मी बढेसँगै मध्यविन्दु नगर क्षेत्रका सबै विद्यालय भोलि आइतबार बिहान ६ :३० बजेदेखि सञ्चालन हुने भएको छ ।

मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुप्रसाद पनेरुद्धारा हस्ताक्षरित सुचना जारी गर्दै मध्यविन्दुका सबै सामुदायिक तथा निजी विद्यालय भोलिदेखि बिहान ६:३० देखि बिहान १०:३० बजेसम्म सञ्चालन गर्न अनुमित दिएको छ ।

मौसममा सुधार नआएसम्मका लागि विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै यहि २८ गते आाईतबारदेखि कक्षा १ देखि माथिका सबै कक्षाहरु बिहानमा सञ्चालनको अनुमित दिएको हो । अत्यधिक गर्मीका कारण नगरपालिकाले ८ दिन नगरभरिका विद्यालय बन्द गराएको थियोे ।

विद्यार्थीको स्वास्थ्यसँगै पठनपाठनलाई लक्षित गरी बिहानको समयमा विद्यालय सञ्चालन गर्न अनुमित दिएको नगर शिक्षा शाखाले जनाएको छ।

FB_IMG_1686343974214

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%६%४%३%४%

प्रतिक्रिया दिनुहोस