२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरका किसानले धानको बिउ राख्न पाएनन्, किसान चिन्तित 

२०८० जेष्ठ २७, शनिबार प्रकाशित ( साल अघि) ७१२ पाठक संख्या

नवलपुर । वर्षा नहुँदा पूर्वी र पश्चिम नवलपरासीका किसानले धानको बिउ राख्न पाएका छैनन् । जेठको चौथो साता सकिँदा समेत बिउ राख्न नपाएपछि किसान चिन्तित छन् । असारको पहिलो सातासम्म बिउ नछर्ने हो भने रोपाइँ ढिलो हुने र उत्पादनमा ह्रास आउने उनीहरूको भनाइ छ ।

जेठ महिनाको मध्य समयमा वर्षा हुनुपर्ने हो । केही वर्षअघि आकासे पानीको भरमा धानको बिउ राख्ने गरिन्थ्यो, अहिले खडेरी पर्यो’ कावासोती १७ का नारायण पौडेलले भने, ‘सिचाइँ सुविधा हुनेले राखेको बिउ पनि चर्को घामले पानी तातेर उम्रनेमा शंका छ ।’ एक हप्ता देखि चर्को घाम र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । यसको प्रत्यक्ष प्रभाव किसानलाई परेको हो ।

धान रोप्न ढिलाई हुँदा उत्पादन राम्रो नहुने किसानको अनुभव छ । कृषि ज्ञान केन्द्र कावासोतीका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार धानको बिउ राख्ने समयमा पानी नपर्नु र अत्याधिक गर्मी बढ्नाले खेतीपातीमा समस्या भएको छ ।

पम्पबाट पानी तानेर सिचाइँ गर्नलाई नदी तथा तलाउको सतह घटेको छ, वर्षातको पानी नपरेका कारण किसान समस्यामा परेको लामिछानेले बताए । अब एक साता पानी नपर्ने हो भने रोपाइँको उपयुक्त समय नै घर्किने उनले बताए ।

पूर्वी नवलपरासीमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । एक वर्षमा असार र चैत गरेर दुई पटकसम्म किसानले धान खेती गर्ने गर्दछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस