२०८१ कार्तिक १६, शुक्रबार
नयाँ
पछिला अपडेट

दाउन्ने सडक खण्ड धुलाम्य हुँदा जनतालाई सास्ती

२०८० जेष्ठ २८, आईतबार प्रकाशित ( साल अघि) ८४६ पाठक संख्या

नारायण शर्मा

पूर्वीनवलपरासी — निर्माणाधीन बुटवल-नारायणगढ सडको दाउन्ने खण्ड धुलाम्य भएको छ । दाउन्नेदेखि बर्दघाटसम्मको ७ किलोमिटरमा धूलो उडेर दिउँसै राजमार्ग र गाडी देखिँदैन । जसले दुर्घटना जोखिम बढेको सरोकारवाला बताउँछन् । उक्त खण्ड भएर गुड्ने सवारी साधनमा दिउँसै बत्ति बाल्नु पर्ने र हर्न बजाउनु पर्ने अवस्था छ ।

दाउन्ने बजारदेखि पश्चिमतर्फ बर्दघाटसम्मको राजमार्गअन्तर्गत पर्ने जंगल क्षेत्रमा पनि धूलोले अन्धकारमय बन्ने गर्छ । मोटरसाइकल र स्कुटरका यात्रुले बाटो नदेखेर बत्ति बाल्ने, हर्न बजाएर यात्रा गरिरहेका हुन्छन् । बर्दघाटको चिसापानीबाट अरुणखोला घर मोटरसाइकलमा जाँदै गरेका इन्द्र काफ्लेले आफू दिनहुँ दुई जोर कपडा हालेर बैंकको जागिर खान मोटरसाइकलमा आउजाउ गर्ने गरेको बताए । “अफिस पुग्दा धूलोले मान्छे चिनिँदैन अनि कपडा फेर्छु,” धुलाम्य सडकमा भेटिएका काफ्लेले भने, “यो सडक हेर्ने नेपाली हाकिमहरु के रमित हेरेर बसेका होलान् ?

Thumb.jpeg 5

पछाडिबाट आउने ठूलो गाडीले हान्ला भन्ने त्रासले साइडलाइट बालेर, हर्न बजाएर बस्छु, काफ्ले भन्छन्, देशकै मुख्य लाइफलाइन मानिने महेन्द्र राजमार्गको यस्तो दुर्दशा अन्यत्र संसारमै छैन होला । दाउन्नेमा होटल संचालक विष्णु गुरुङ भन्छन्, अन्यत्र सडकमा कहिलेकाहीं पानी हालेको देखिन्छ त्यो क्षेत्रमा पानी हालेको आजसम्म थाहा छैन ।

राजमार्गमा गुड्ने चारपांग्रे साधनका अघि-पछि पर्ने दुईपांग्रे र साना गाडीको बिजोग छ । त्यहाँ राजमार्गको पुरानो पिचसमेत भत्काएर फालेका कारण खाल्डैखाल्डा छ ।

Thumb.jpeg 4मोटरसाइकल र स्कुटरका यात्रुले सडकमा आफू पनि छु भन्ने जानकारी दिन दिउँसै बत्ती बालेर हर्न बजाएर बस्छन्, गुरुङ भन्छन्, धूलोले सडक खाल्डा केही देखिन्न । दुर्घटनाको जोखिम उच्च छ । बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी सडक निर्माणको ठेकेदारलाई जति भने पनि सुनुवाइ नभएकाले आफू आजित भइसकेको बताए । उनले सडक निर्माणको अनुगमन गर्ने सडक विभागका अधिकारीहरु के हेरेर बस्छन् ? भन्ने प्रश्न गरे । सडक निर्माणको जिम्मा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%८%

प्रतिक्रिया दिनुहोस