२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिका वडा नं २ कोल्हुवामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२०८० अषाढ २, शनिबार प्रकाशित ( साल अघि) ९१६ पाठक संख्या

कोल्हुवा । मध्यविन्दु नगरपालिका वडा नं २ कोल्हुवाको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा कार्यलयको छेउमा अवस्थित ईलाका हुलाक कार्यालय परिषदमा सम्पन्न भएको छ ।

स्थानिय जनताहरुको चासो गुनासो, प्रश्न सहितको सहभागीता पारदर्शिता र जवाफदेहिताका लागि गरिएको सार्बजनिक सुनाई कार्यक्रम मध्यविन्दु नगरपालिका वडा नं  २ का वडाअध्यक्ष रामभक्त अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।

FB_IMG_1686980464079

त्यसैगरी उपस्थितहरुमा वडा सचिव बिनय अस्ति, वडा सदस्यहरु नारायणी कार्की, शान्ति परियार , तिलक राम थनेत , बेलि राम थारु लगायत बिभिन्न राजनीतिक पार्टीका जनप्रतिनिधिहरु, बुद्धिजीवी, कोल्हुवा चौकीका इन्चार्ज , समाजसेवी ,सामाजिक अगुवाहरू तथा स्थानीय वडाबासी हरुको उपस्थितिरहेको थियो ।

मध्यविन्दु नगरपालिका वडा  नं २ कोल्हुवाको आयोजनामा सार्वजनिक सुनाई कार्यक्रममा जनताको सुचना पाउने नैसर्गिक हकलाई सुनिश्चित गर्दै वडामा भएका पुर्वाधार बिकासका गतिबिधी आर्थिक गतिबिधी लगायत बिबिध बिषयमा भएको सुनुवाई कार्यक्रममा वडा सदस्य बेलि राम थारुले स्वागत मन्तब्य मार्फत सबैलाई स्वागत गर्नुभएको थियोे ।

FB_IMG_1686980470441

नगर तथा वडाले २०७४ सालको स्थानिय चुनावबाट जननिर्वाचित भैईसकेपछी प्रत्येक वर्ष भएका सम्पुर्ण गतिबिधिलाई जनता सामु सुनुवाई गर्दै आएको छ । यसैक्रममा उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाको प्रगती प्रतिबेदन वडा सचिव बिनय अस्तिले प्रस्तुत गर्नुभयो ।

FB_IMG_1686980368821

पारदर्शिता र जवाफदेहीताका विभिन्न सवाल र जिज्ञासाहरुमा वक्ताहरुले स्पष्ट पारेका थिए । यसै क्रममा वडा अध्यक्ष रामभक्त अधिकारीले वडामा भएका सम्पुर्ण प्रगति, पुर्वाधार बिकास,आर्थिक अवस्था लगाएतका बिषयमा स्वयं आफैंले स्पस्ट पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस