२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२०८० अषाढ ६, बुधबार प्रकाशित ( साल अघि) ७०५ पाठक संख्या

कावासोती । नवलपुर जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । जिल्लाका बालबालिकाले लगाउनु पर्ने खोप पूर्ण रूपमा लगाएसँगै मगलबार एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणासभा भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमूख केशवप्रसाद चापागाईले बताउनुभयो । जिल्लाका सवै स्थानीय तहहरुले पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिसकेकोले सोहि प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको कार्यालय प्रमूख चापागाईको भनाई छ।

1687297316995

खोप पाउने उमेर समुहका सम्पुर्ण बालबालीकाले नियमित खोप पाईरहेको सुनिश्चतता भएसँगै जिल्लालाई पुर्ण खोप युक्त जिल्ला घोषणा भएको हो । पूर्ण खोप सुनिश्चिता र दिगोपनाका लागि प्रत्येक वर्ष सर्वेक्षण र घोषणा गर्ने प्रावधान छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्माको अध्यक्षतामा औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा भएको थियो ।

1687297340343

घोषणा सँगै कार्यक्रमका सहभागीहरुले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । आयोजित कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख,उपप्रमुख, जिल्ला प्रशासन कार्यलय नवलपुरका साहायक जिल्ला अधिकारी, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस