२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीमा चारवटा लोपोन्मुख गिद्ध मृत फेला

२०८० अषाढ ८, शुक्रबार प्रकाशित ( साल अघि) ६७८ पाठक संख्या

कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा लोपोन्मुख डङ्गर जातका गिद्ध मृत फेला परेका छन् ।

जिल्लाको कावासोती नगरपालिका–३, स्थित नमूना सदरमुकामको केरुङ्गे खोला नजिक चारवटा गिद्ध मृत पेला परेको संरक्षणकर्मी डिबी चौधरीले बताए ।

बिहिवार साँझ गिद्ध मृत अवस्थामा फेला परेका हुन् । गिद्ध विषाक्त मासु खाएका कारण मरेको हुन सक्ने संरक्षणकर्मी चौधरीले बताए । “चारवटा गिद्ध मृत भेटिएका छन्, विषाक्त खानाकै कारण मरेको अनुमान छ”, संरक्षणकर्मी चौधरीले भने । साँझको समय भएको र चारवटा गिद्ध फेला परेको भए पनि अन्य गिद्धसमेत मरेको हुन सक्ने उनले बताए ।

गिद्ध मरेको स्थानमा स्याल जस्तो देखिने जनावर मरेको अवस्थामा फेला परेको उनले बताए । सोही जनावरको मासु खाएकाले मरेको हुन सक्ने अनुमान गरिएको उनले बताए ।

हाल गिद्ध मरेको स्थान गिद्ध संरक्षण गरिएको जटायु रेष्टुरेन्टदेखि करिब छ किलोमिटरको दूरीमा समेत पर्दछ । कावासोतीकै पिठौलीमा गिद्ध संरक्षण गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस