२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

पूर्वपश्चिम राजमार्गको काम तीव्र पार्न देवचुलीका नगरप्रमुखको ध्यानाकर्षण

२०८० अषाढ १०, आईतबार प्रकाशित ( साल अघि) २०४९ पाठक संख्या

देवचुली । पूर्व पश्चिम राजमार्गको सडक निर्माणप्रति देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले चासो राखेका छन् । शनिबार निर्माण कम्पनी र एडिबीका प्रतिनिधिलाई कार्यालयमा बोलाई निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै विभिन्न विषयमा ध्यानाकर्षण गराएका हुन् ।

नगरप्रमुख न्यौपानेले बाटोको कामलाई तीव्रता दिनुपर्ने, वर्षाको कारणले बाटोमा हुने खाल्डाखुल्डी साथै हिलोको व्यवस्थापनका लागि तत्कालै काम गर्न ध्यानाकर्षण गराएका हुन् । वर्षातको समयमा देवचुली खण्डमा सर्वसाधारणलाई यात्रा गर्दा बाटो अवरोध नहुने गरि व्यवस्थापन गर्न उनले आग्रह गरे ।

निर्माण कम्पनीका प्रतिनिधिले देवचुली खण्डमा भएका खाल्डाखुल्डी पुर्ने र बाटो अवरोध नहुने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । देवचुलीको रजहर क्षेत्रबाट सडकमा कालोपत्रेको काम सुरु गरिएको बताउँदै देवचुली खण्डमा प्राथमिकता दिई काम गर्ने उनीहरूले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%१%

प्रतिक्रिया दिनुहोस