कावासोती । पूर्वी नवलपरासीमा करेन्ट लागेर सनिबार राती एकजनाको ज्यान गएको छ ।
नवलपुरको बिनयी त्रिबेणी गाउँपालिका – ७ रानीनगर बस्ने २१ वर्षीया तारा देबी जैसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
रातीको समयमा आफ्नै घरको बाथरूमबाट कपडा धोएर विजुलीको स्विच अफ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवा रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।